विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट १४ हजार ६ सय ११ जनाको मृत्यु, ३ लाख ३६ हजार बढी संक्रमित, चीनमा शून्य, यी ५ देशमा महामारी (तालिकासहित)

काठमाडौँ । चीनबाट देखिन सुरु भएको कोरोना भाइरसको महामारी विश्वका १९२ देशमा पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सोमबार बिहानसम्म कोरोनाको संक्रमणबाट ३ लाख ३६ हजार ६ सय ३८ जना मानिस संक्रमित भएका छन् । जसमा आइतबार मात्रै ३१ हजार ६ सय २ जना नयाँ संक्रमित थपिएका हुन् ।

कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै १ हजार ५ सय ९८ जनाको ज्यान गएको छ । योसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय ११ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोनाको उद्गमस्थल चीनमा आइतबार पनि कोरोनाकै कारण कसैले ज्यान गुमाएका छैनन् भने कोही पनि मानिस कोरोनाका संक्रमित फेला नपरेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तर चीन बाहिर इटली, इरान, अमेरिका, फ्रान्स, स्पेन लगाएतका देशमा भने कोरोनाको महामारी देखिएको छ ।

आइतबार मात्रै इटलीमा सबैभन्दा बढी ६५१, स्पेनमा ३७५, इरानमा १२९, अमेरिकामा ११२, फ्रान्समा ११२, यूकेमा ४८, नेदरल्याण्डमा ४३ र इन्डोनेसियामा १० जनाको ज्यान गएको हो । अन्यदेशको विवरण तलको तालिकामा उल्लेख छ ।

यस्तो छ १९२ देशमा कोरोनाको महामारी