चितवन । नेपाल सुनचाँदी व्यवसायी महासंघको आज शनिबार बसेको पदाधिकारी बैठकबाट विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले ल्याएको नीतिलाई समर्थन गर्दै सुनचाँदी व्यवसायी बन्द गर्ने निर्णय गरिएको महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाईलीले बताएका छन् ।
“चैत ९ गते देखि २१ गतेसम्म नेपाल सरकारले रोग नियन्त्रणका लागी अपनाएको बन्द अभियान र सम्पुर्ण व्यवसायीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सरकारले ल्याएको नीति र कार्यक्रमलाई साथ र समर्थन गर्ने निर्णय भएको” महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाईलीले बताएका छन् । त्यस्तै उपाध्यक्ष रसाईलीले दैनिक दरभाउ र सुन सिफारिस भने निरन्तर रहने जानकारी दिएका छन् ।
“कोरोना भाइरसको सन्त्रासको कारण नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले समेत सरकारी नीतिलाई स्वीकार गर्ने पक्षमा रहेको” नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष टेकबहादुर विश्वकर्माले बताएका छन् । केही दिनका लागी व्यवसाय बन्द गर्ने की नगर्ने भन्ने विषयमा उधोग वाणिज्य संघ चितवनको निर्णयलाई पर्खिएको संघका अध्यक्ष विश्वकर्माले बताए ।
“विश्व नै कोरोना भाइरसका कारण आक्रान्त भएको बेला अब संघले व्यवसायीको हकहितको लागी उचित निर्णय लिनुपर्ने ” सुनचाँदी व्यवसायी मनोजराज श्रेष्ठले बताएका छन् ।
” कोरोना भाइरसको रोकथामका विधिलाई अनिवार्य रूपमा पालना गर्दै नेपाल सरकारले ल्याएको नीतिलाई सफल पार्न सर्वप्रथम चितवन जिल्लामा पनि व्यवसाय बन्द गरेर आफू पनि बाँचौ र अरूलाई पनि बचाउको धारणा विकास गर्नुपर्ने” युवा सुनचाँदी व्यवसायी अमिर सुनारले बताएका छन् । यो समय भनेको जटिल समय रहेकोले समस्या कतिखेर आइपुग्छ कसैलाई थाहा नहुने भएकाले पनि नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले यस विषयमा गम्भिर भएर सोच्नुपर्ने बेला आएको सुनारले बताएका छन् ।
Shishir Simkhada
President/Editor in Chief
……………
Akash Banjara
Director
Kalika Broadcasting Network Pvt. Ltd.
Head Office: Kalika-06, Chitwan
Phone: +977-1-9855063270
Corporate Office: Bharatpur-10, Chitwan
Phone: +977-01-9845053770
Email: kalikadainik@gmail.com
सूचना तथा प्रसारण विभाग दर्ता नं: 1276/075-76
Recent Updates
- काठमाडौंमा केशव स्थापित तेस्रोमा झरे, बालेन र सिर्जनाको मतान्तर कति ?
- भरतपुर अपडेट: रेनु दाहाललाई ७ हजार ३१४ मतको अग्रता
- काठमाडौं महानगर: भारी मतान्तरका साथ मेयरमा वालेन र उपमेयरमा सुनिताको अग्रता कायमै
- “कालिका नगरबासीको भावना समेटदै नयाँ सोच तथा उत्साहका साथ काम गर्छु”- नवनिर्वाचित मेयर रेग्मी
- कालिकामा नवनिर्वाचित जनप्रतिनिधिको सपथ, स्वागत तथा बिदाई कार्यक्रम (फोटो फिचर सहित)
Copyrights © 2022 Kalika Dainik All Rights Reserved
Developed by Namuna Computer