चितवनको रत्ननगरबाट बिप्लव समुहका विद्यार्थी नेता पक्राउ 

चितवन । ईलाका प्रहरी कार्यालय टाँडी, चितवनले बिप्लव समुहका विद्यार्थी नेतालाई रत्ननगर क्षेत्रबाट पक्राउ गरेको छ । बिप्लव समुहका अखिल क्रान्तिकारीका विद्यार्थी जिल्ला नेता तथा रत्ननगर संयोजक २२ बर्षिय प्रबिण आचार्य (आक्रोश) लाई गत ५ गते  पक्राउ गरेको जनाएको छ । उनको साथबाट विभिन्न पर्चा, पम्प्लेट लगायतका सामाग्रीहरु पनि बरामद गरेको प्रहरीको भनाइ छ । साथै टाँँडी प्रहरीले बिप्लव समुहका नेता गन्ज सिंं गुरुङलाई पनि यस अगाडि नै पक्राउ गरेको जनाएको छ । उनीहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।