भरतपुरमा गरे ८१ जनाले रक्तदान

चितवन । विश्व अहिले कोभिड–१९ (कोरोना भाइरस) बाट आक्रन्त वनिरहेको छ । यसको प्रभाव नेपाल सहित चितवनमा पनि परेको छ । कोरोना भाईरसको प्रभावका कारण अहिले चितवनमा रगत अभाव छ । यसैलाई मध्यनजर गरेर मिलीजुली बहुउदेश्य सहकारी संस्था लिमिटेड भरतपुर महानरपालिका ७ कृष्णपुर र नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाको संयुक्त आयोजनामा रक्क्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
आज बिहान भएको रक्क्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी चितवनका सभापति ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यता रहेका थिए । सो रक्क्तदान कार्यक्रममा प्रमुख अतिर्थी न्यौपानेले संकटको यस्तो अवस्थामा रगतदान गरेर मानिसलाई नयाँ जीवन दिने काम आफैमा महान भएको बताए।
कार्यक्रममा भरतपुर महानरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिर्थी राजेन्द्रमणी काफ्ले यस्ता महान कार्यले सबैलाई उर्जा थप्ने भन्दै रगत दिएर नमरीने तर रगत नपाएर मरिने हुदाँ रक्क्तदान प्रति युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
त्यसैगरी कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कृष्णपुर उपशाखाका सभापति कृष्ण ढकालले मानवलाई नयाँ जीवन दिने यस्ता पूर्ण कार्यमा सहकारी लागेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा मिलीजुली बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष रामजी पौडेलले सहकारीले आफ्नो वार्षिक उत्सवमा यस्ता कार्यक्रमहरु गर्दै आएको बताए । उनले संस्था स्थापनाको २२ औ स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रमले धेरैलाई पुर्नजीवन दिने बताए ।
कार्यक्रममा ५४ जना पुरुष र २७ जना महिला गरी ८१ जनाले रक्क्तदान गरेका थिए भने कार्यक्रम विनोद ढकालले सञ्चालन गरेका थिए ।