बिदेशी पर्यटकलाई यौनाङ्ग देखाएको आरोपमा सौराहाबाट १ जना पक्राउ

शिशिर सिंखडा
चितवन । चितवनको सौराहामा विदेशी महिला पर्यटकलाई यौनाङ्ग देखाएको आरोपमा ईलाका प्रहरी कार्यालय टाँडीले एक जनालाई पक्राउ गरेको छ ।
सौराहाको सिता सोभीनीयर कपडा पसलमा यही चैत्र ३ गते कपडा किन्न गएकी वेलायती महीलालाई यौनाङ्ग देखाएको आरोपमा रत्ननगर ६ बछौलीका २१ वर्षीय सुनिल परियारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शेखरकुमार शाहले जानकारी दिनु भएको छ ।
पक्राउ परेका परियारलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १२२ बमोजिम सार्वजनीक स्थानमा यौनाङ्ग देखाउन नहुने अन्तरगत म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरी निरीक्षक शाहले वताउनु भयो ।