सुनको भाउ एक्कासी घट्यो, किन्न ढिला नगर्नुस्

काठमाडौं । केही दिन देखी लगातार ओरालो लाग्दै गरेको सुनको भाउ आज शुक्रबार पनि तोलामा एक्कासी ३ हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार प्रतितोला ८१ हजार ५ सय रुपैयाँ  कायम भएको  छापावाल सुन आज प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

त्यसैगरी महासंघका अनुसार हिजो प्रतितोला ८१ हजार २ सय रुपैयाँले कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला ७८ हजार २ सय रुपैयाँले कारोबार भईरहेको छ ।

शुक्रबार चाँदीको भाउमा पनि तोलामा ४० रुपैयाँ घटेर  प्रतितोला ८ सय २० रुपैयाँले  बिक्रीबितरण भईरहेको  महासंघले जनाएको छ ।