कालिकाको पदमपुरमा ज्याकवास तथा रिकण्डिसन हाउस सञ्चालनमा

चितवन । कालिका नगरपालिका वडा नं २ पदमपुर,र्सिजनाचोकमा चौधरी ज्याकवास तथा रिकण्डिसन हाउस सञ्चालनमा आएको छ । लामो समय देखि मोटरसाइकल खरिद विक्री गर्ने व्यवसाय सञ्चालन गर्दै आइरहेका कुमार चौधरीले करिब तीन करोडको लगानीमा ज्याकवास सञ्चालनमा ल्याएका हुन ।

कालिका नगरपालिकाको पदमपुर शहरीकरण तर्फ उन्मुख क्षेत्र हो । मोटरसाइकलको बढ्दो मागलाई मध्यनगर गरी मोटरसाइकल एक्सचेन्ज अफर सहितको ज्याकवास सञ्चालनमा ल्याएको कुमार चौधरीले बताए । विहीवार कुमार चौधरीका बुवा ६५ बर्षीय पिउर महतोले रिवन काटेर चौधरी ज्याकवास तथा रिकण्डिसन हाउसको उद्घाटन गरेका थिए । कुमार चौधरी यो व्यवसायमा स्थापित व्यवसायी हुन ।

चौधरी ज्याकवास तथा रिकण्डिसन हाउसबाट बजाज मोटर साइकलनको विक्री,पुरानो मोटरसाइकलसंग नयाँ मोटरसाइकल साट्न सकिने,सेकेण्ड हाइण्डको मोटरसाइकल समेत खरिद गर्न सकिने गरी ज्याकवास सञ्चालनमा ल्याएको चौधरीले बताए । उनले मोटरसाइकलको सर्भिस गर्ने व्यवस्था समेत रहेको उनले बताए । करिब तीन कठ्ठा क्षेत्रफलमा भवन निर्माण गरी चौधरीले व्यवस्थित रुपमा चौधरी ज्याकवास तथा रिकण्डिसन हाउस सञ्चालनमा ल्याएका हुन ।

ज्याकहाउसले ग्राहकको सन्तुष्टिलाई आत्मसाथ गर्दै भरपर्दो सेवा प्रदान गर्ने सञ्चालक चौधरीले बताए । रत्ननगरमा रहेको बजाज मोटरसाइकलको आधिकारिक विक्रेता निसास मोटर्सको सञ्चालक सन्जिब थापाले बजारिकरणका रुपमा विकास हुदै गएको पदमपुरमा सञ्चालनमा आएको ज्याकवासले ग्राहकको आवश्यकता र सन्तुष्टिलाई पुरा गर्ने विश्वास व्यक्त गरे ।