महिला शसक्तिकरण सस्थाको आयोजनामा आमा तथा बालबालिका हरुका लागि क्यान्सर सचेतना कार्यक्रम

चितवन । महिला शसक्तिकरण तथा परिवर्तनशिल सस्थाको आयोजना तथा चिल्ड्रेन क्यान्सर फाउन्डेसनको आयोजनामा आमा तथा बालबालिका हरुका लागि क्यान्सर सचेतना कार्यक्रम भरतपुरमा सम्पन्न भएको छ । १सय१०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर पौडेलले प्रशिक्षण दिनु भएको थियो ।

महिला शसक्तिकरण तथा परिवर्तनशिल सस्था कि अध्यक्ष संगिता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनकि उप प्रमुख मुनाकुमारी श्रेष्ठ, चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङ लगायतले मन्तव्य राख्नु भएको थियो । आदर्श नारी केन्द्रकि प्रमुख मिना खरेलले स्वागत व्यक्त गरेको कार्यक्रममा भर्खरै मात्र चितवन सरुवा भइ आउनु भएका चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङलाई सस्थाको तर्फबाट स्वागत समेत गरिएको थियो ।