बेनी–जोमसोम सडकमा सुक्खा पहिरोले स्काभेटर पुरियो, चालकको मृत्यु

पोखरा । बेनी–जोमसोम सडकखण्डमा सुक्खा पहिरो जाँदा एउटा स्काभेटर पुरिएको छ । स्काभेटर पुरिँदा त्यसका चालक अर्जुन दाहालको निधन भएको छ । चालक दाहाल सिन्धुपाल्चोकका हुन् । उनी लामो समयदेखि यही सडक खण्डमा काम गर्दै आइरहेको मुस्ताङका प्रहरी निरीक्षक विनोद सुवेदीले पुष्टि गरे ।

घटना अपराह्न साढे ४ बजेको हो । सडकखण्डको थासाङ गाउँपालिका ४ घाँसामा उक्त  निर्माण भइरहेको थियो । सोही सडक निर्माणको क्रममा माथिबाट खसेको सुख्खा पहिरोले स्काभेटरसहित चालकलाई पुरेको थियो ।

थप जानकारी आइनसकेको र उद्धारका लागि प्रहरी घटनास्थलतर्फ जाँदै छ ।  पहिरो खसिरहेकोले उद्धारमा कठिनाइ भएको सुवेदीले जनाए । पहिरो खस्दा घाइते भएका एक जनालाई उपचारका लागि लेते पठाइएको छ।

सुख्खा पहिरो जाँदा सो सडक खण्डमा सवारी आवागमन ठप्प भएको छ।