किसानलाई धनि बनाउने हो भने गाँजा खेतीलाई मान्यता दिनुपर्छ : सांसद तामाङ

काठमाडाैं, १९ फागुन ।   नेकपा सांसद शेरबहादुर तामाङले गाँजालाई कानुनी मान्यता दिएर किसानलाई धनि बनाउने तर्फ लाग्नुपर्ने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकु दर्ता गराउँदै गाँजामा औषधीय गुण रहेकाले यसको खेतीलाई व्यावसायिक बनाउनु पर्ने माग राखेका हुन् ।

नेपाल सरकारले गाँजालाई व्यवसायिक मान्यता दिनुपर्ने बताए । विधेयक पास भएर गाँजा खेती सुरु भए नेपालले आर्थिक उन्नति गर्ने पनि उनले बताए ।

गाँजा खेती सुरु गरे विदेश गएका ८० प्रतिशत नेपाली स्वदेश फर्केर यसको खेतीमा लाग्ने पनि तामाङले दाबी गरे।