कालिकाको जुटपानीमा निशुल्क स्वास्थ शिबिर तथा प्रतीक्षालय समुदायलाई हस्तान्तरण

चितवन । जुटपानी टोल बिकास सस्था कालिका-७ को आयोजना र देव हस्पिटल भरतपुरको सहयोगमा निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । वडा अध्यक्ष डिल्लीराम दवाडी प्रमुख अतिथि रहेको कार्यक्रम सस्था कि सल्लाहकार एवंं हस्पिटल कि सूचना अधिकारी मन्जु सिंखडाले संचालन गरेकी थिइन । कार्यक्रममा २५० जनाको निशुल्क स्वास्थ परिक्षण गरिएको थियो ।

सोही अबसरमा उदयपुर सामुदायिक बनले जुटपानी बजारमा निर्माण सम्पन्न गरेको प्रतीक्षालय सनिवार समुदायलाई हस्तान्तरण समेत गरेको बन समुहका उपाध्यक्ष शुदर्शन अधिकारीले जानकारी दिए ।