अरनिको राजमार्गका होटलमा प्रहरीको छापा, ८ जोडी पक्राउ

भक्तपुर, १७ फागुन ।  भक्तपुरको अरनिको राजमार्गको होटल तथा खाजा घरमा प्रहरीले छापा मारेको छ ।

राजमार्गका छेउछाउमा होटल तथा खाजा घरका अनैतिक क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ पुरुष र ८ जना महिला रहेका छन् ।

यस क्षेत्र यौन अखडा बन्न थालेको जनगुनासो आएपछि प्रहरीले विशेष शुद्धीकरण अभियान सुरु गरेर ‘स्विप अपरेशन’ चलाएको हो ।