चितवनको कालिकामा नेकपाको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम, १ सय ५० जना भन्दा बढी नेकपामा प्रवेश

चितवन । नेकपा कालिका नगर कमिटीको आयोजनामा आज कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम कालिका वडा नं. ६ खोलेसिमल बजार स्थित कालिका ब्याङ्क्वेटमा सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष सविता लामाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ रहेका थिए ।

नगर इन्चार्ज जयचन्द्र प्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय ५० जना भन्दा बढी नेकपामा प्रवेश गरेको नगर कमिटी सचिव भिष्म प्रसाद खनालले जानकारी दिए । साथै गृहमन्त्री थापाले प्रशिक्षण कार्यक्रम अगाडि कालिका नगरपालिकाद्वारा कालिका वडा नं. ६ रेडक्रसग्राममा आयोजित एक कार्यक्रममा नगरपालिकाको नयाँ भवनको शिलान्यास समेत गरेका थिए ।