महिला शसक्तिकरण तथा परिवर्तनशिल संस्थाकाे अध्यक्ष संगिता भट्टराई चयन

चितवन। महिला शसक्तिकरण तथा परिवर्तनशिल संस्थाकाे ७औं  साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको  छ । संस्थाको अध्यक्ष संगिता भट्टराईकाे अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदश सभाका साम्सद घनश्याम दाहाल रहेका थिए । सो भेलाले अध्यक्षमा संगिता भट्टराई, सचिवमा पवित्रा रिजाल, काेषाध्यक्ष बिष्णु  सुवेदीलाई चयन गरेको छ ।

समितिको सदस्यमा शान्ता अधिकारी, पार्वती न्याैपाने, सविता लामा, मञ्जु सिम्खडा, गायत्री शर्मा, दिलमाया वुडाथाेकी  चयन भएका छन । सचिव पवित्रा रिजालले सञ्चालन गरेको कार्यक्रममा काेषाध्यक्ष विष्णु सुवेदिले संस्थाकाे आय  व्याय विवरण र अध्यक्ष भट्टराईद्वारा प्रगति प्रतिबेदन तथा भाबी योजनाहरु प्रस्तुत गरिएको थियोे ।