श्री माध्यमिक विद्यालय रेडक्रसग्रामको वार्षिकोत्सव सम्पन्न

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ मा रहेको श्री माध्यमिक विद्यालय रेडक्रसग्रामको ३०औँ वार्षिकोत्सव आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य नन्दलाल लामिछानेले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, वडा अध्यक्ष बिनोद रेग्मी, नेपाल शिक्षक महासंघका अध्यक्ष जित बहादुर भट्टराई, भिमोदय माध्यमिक विद्यालयका प्राचार्य डा. हरि प्रसाद कंडेल, विद्यालयका पूर्व शिक्षक सहदेव लकान्द्री, विद्यार्थी निशान रुम्बा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा पूर्व शिक्षकहरुलाई सम्मान गरिएको थियो ।