कालिका वडा नं. ६ मा नेकपाको सम्पर्क कार्यालय उद्घाटन

चितवन । कालिका नगरपालिकाको वडा नं. ६ खोलेसिमलमा नेकपाको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । नेकपा वडा कमिटीको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बाग्मती प्रदेश सचिवालय सदस्य तथा चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले एक कार्यक्रमका बिच सो कार्यालय उद्घाटन गरेका हुन् ।

नेकपा वडा नं. ६ का वडा अध्यक्ष होम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा बाग्मती प्रदेश सचिवालय सदस्य तथा प्रदेश सांसद घनश्याम दाहाल, प्रदेश सदस्य रामध्वज डल्लाकोटी, जिल्ला कमिटी सदस्य एवम् कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, नगर इन्चार्ज जयचन्द्र प्रसाद चौधरी, जिल्ला कमिटी सदस्य एवम् वडा अध्यक्ष बिनोद रेग्मी, कालिका वडा नं. ६ का इन्चार्ज करन आग्री, वडा सचिव हेम प्रसाद अमगाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।