अर्किड स्कुलको ९औं वार्षिकोत्सब सम्पन्न

चितवन ।भरतपुर १० चितवन स्थित अर्किड स्कुलको ९औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ।

बिद्यालय सञ्चालक समितिका अध्यक्ष गोपाल पराजुलीको सभापतित्वमा आयोजित सो समारोहमा प्रमुख अतिथि कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेल , बिशिस्ट अतिथी बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय , रामनगरका प्रमुख प्रकाश रानाभाट , समाज सेवी बद्री तिमल्सिना , शिक्षाविद रमाकान्त सापकोटा , प्याब्सन चितवनका सचिब मोहन लामा, बेस, चितवनका अध्यक्ष लक्ष्मीकान्त चालिसे, प्रेरक बक्ता आचार्य लक्ष्मण भण्डारी, भरतपुर महानगर प्याब्सनका अध्यक्ष लेखनाथ खनाल रहनु भएको थियो।
स्कुलका सह प्राचार्य ओमराज मैनालीले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको सो कार्यक्रममा प्राचार्य डा. खेम आचार्यले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। सोही विद्यालयमा अध्ययनरत विद्यार्थीका जेष्ठ अभिभावक ९१ वर्षीय भीमप्रसाद पौडेल र ८९ वर्षीया नन्दकुमारी उप्रेतीलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो। साथै हरेक वार्षिकोत्सबकोअवसर मा प्रकाशन गरिदै आएको सुनगाभाको विमोचन कार्यक्रमका प्रमुख अतिथी पोख्रेलले गर्नु भएको थियो।