नारायणगढको फोर्ब्स कलेजको प्राचार्यमा हरिशरण पाठक नियुक्त 

चितवन । नारायणगढको फोर्ब्स कलेजको प्राचार्यमा हरिशरण पाठक नियुक्त भएका छन । कलेजको आज बसेको संचालक समितिको बैठकले पाठकलाई  प्राचार्यमा नियुक्त गरेको हो । कलेजको स्थापना देखि पाठकले सहायक प्राचार्यको कुशल भुमिका निर्बाह गरिसकेका छन । सो कलेजका स्थापना देखिका प्राचार्य दिपक गौतम रहेका थिए । कार्य ब्यस्तताको कारण  गौतमले राजीनामा दिएका हुन ।
३ बर्ष अगाडि स्थापना भएको सो कलेजमा बि.एच.एम., बि.सि.एस (नेटवर्क टेक्नोलोजी    साइबर सक्युरीटी) विषयमा अध्ययन अध्यापन हुँदै आएको छ । साइबर सक्युरीटी सम्बन्धि अध्ययन अध्यापन हुने सो कलेज नेपालकै एक मात्र कलेज हो ।