भरतपुरको अर्किड स्कुलमा एङ्करिङ स्टार कार्यक्रम

चितवन । भरतपुर १० चितवन स्थित अर्किड स्कुलले ९ औं वार्षिकोत्सबको पूर्व सन्ध्यामा अन्तर विद्यालय स्तरीय एङ्करिङ स्टार कार्यक्रमको आयोजना गरेको छ। उदघोषणको विभिन्न पाटोमा विद्यार्थीहरुले आफ्नो वाक कलाको प्रदर्शन गरेका थिए। १२ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा स्काई राइडर स्कुल, रत्ननगर प्रथम , डेजि स्कुल, पर्सा दोश्रो र प्रेरणा स्कुल तेस्रो भएका थिए।

निर्णायकहरुमा सिनर्जी एफ एम का कार्यक्रम संयोजक मनोज घिमिरे , हाम्रो एफ एम का वरिष्ठ कार्यक्रम प्रस्तोता पासा दिनेश र कालिका एफ एम मा समाचार प्रमुख राजु सापकोटा रहेका थिए। बिजेताहरुलाई अर्किड स्कुलका पब्लिक रिलेशन अफिसर भगवती ढकाल र एकेडेमिक एड्भाइजर कपिल ज्ञवालीले पुरस्कार प्रदान गरेका थिए। कार्यक्रम अर्किड स्कुलका उद्घोषण शिक्षक तथा वरिष्ठ रेडियोकर्मी मनोज पन्तको संयोजकत्वमा सम्पन्न भएको थियो।