पूर्वी चितवन यातायात प्रा. लि.को कम्पनी प्रमुखमा घिमिरे चयन

शिशिर सिंखडा, चितवन । पूर्वी चितवन यातायात प्रा. लि. को कम्पनी प्रमुखमा हरि बहादुर घिमिरे चयन भएका छन् । रत्ननगर ११ मणिखोलामा सम्पन्न प्रथम वार्षिक साधारण सभाले कम्पनीको उपाध्यक्षमा विकास ढकाल, सचिव हिरालाल श्रेष्ठ, कोषाध्यक्ष कृष्ण बहादुर लामा, सहसचिव कृष्ण प्रसाद ढकाललाई चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा दिल कुमार श्रेष्ठ, मेन कुमार श्रेष्ठ, हिरा सिंह तमाङ र मैया गुरुङ चयन भएका छन् ।

कम्पनीको प्रथम साधारण सभा तथा वनभोज कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारले बाटोको अवस्था र गाडीको क्षमता हेरेर रुट परमिट दिनुपर्ने बताए ।

अधिकाँश दुर्घटनाहरु चालकको लापरवाहीले नभई सडकको कारण भएको भन्दै उनले मुग्लिन–नारायणगढ सडक खण्ड निर्माण सम्पन्न भएपछि सो सडकमा दुर्घटना न्यूनीकरण भएको बताए ।

कार्यक्रममा चितवन यातायात प्रा. लि. का उपाध्यक्ष कमल तिवारी, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पत्रकार शिशिर सिंखडा, ट्राफिक कार्यालय टाँडीका प्रहरी नायव निरीक्षक सुरेन्द्र विष्ट लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । कम्पनी प्रमुख हरि बहादुर घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम पूर्वी चितवन माइक्रो, टेम्पो, मिनिबस व्यवसायी संघका अध्यक्ष प्रकाश पोखरेलको अध्यक्षतामा भएको थियो । सोही अवसरमा यातायात क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने यातायात व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो ।