पर्यटकीय नगरि साैराहामा खुल्याे नयाँ हाेटल “साईलेन्ट पार्क” ( फोटाे फिचर सहित)

चितवन । पर्यटकीय नगरि साैराहामा नयाँ हाेटल सञ्चालनमा आएकाे छ । रिभर साइडबाट म्युजियम तथा आर्मी ब्यारेक जाने बाटो तर्फ साैराहामा हालैबाट नयाँ  हाेटल “साईलेन्ट पार्क”  सञ्चालनमा आएकाेे हाे । स्वदेशी तथा बिदेशी पाहुनालाई लक्षित गरि सञ्चालन गरिएकाे उक्त हाेटलमा १२ वटा सुबिधा सम्पन्न काेठाहरू रहेका छन् । रेष्टुरेन्ट सेवा सहित सञ्चालनमाा आएकाे हाेटलमा नेपाली तथा बिदेशी खानाका परिकार पाईने सञ्चालक नरेश अर्यालले बताए ।
हाेटलमा सबै प्रकारका बिदेशी खाना पाईन्छन भने  हाँस र लाेकल कुखुराका परिकार समेत उपलब्ध रहेकाे छ । हाेटलबाट नै जीप सफारि, हात्ती सफारि, सिटि टुर, जंगल वाक लगायत विभिन्न ट्राभल तथा टिकेटिङकाे सुबिधा उपलब्ध गराइने संचालक अर्यालले जानकारी दिए । पार्किङ सुबिधाका अतिरिक्त होटलमा क्याम्प फायरको समेत ब्यबस्था रहेको छ भने सौराहाबाट साझँँकाे मनोरम दृश्य हेर्दै रुफ टपमा बसेर आनन्द लिन पनि सकिने छ ।
करिब डेढ करोड रुपैयाको लागतमा सन्चलन गरिएको होटलमा ब्यक्तिगत , पारिबारिक तथा सामुहिक रूपमा समेत बस्ने तथा  मनोरञ्जन लिने सुबिधा रहेको होटलका संचालक अर्यालले बताए ।