चितवन प्रकरणमा आईजिपीको हार, गंगालाई पर्सा, चितवनमा नान्तीराज गुरुङ

काठमाडौं। डेढ महिना लामो विवादपछि चितवनको एसपी सरुवा विवादमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं गलेका छन् । उनले एसपी गंगा पन्तलाई चितवन सरुवा गरेका थिए । तर, प्रचण्ड परिवारले उनको सरुवालाई अस्वीकार गरेपछि पन्त जान पाइनन् ।

अन्ततः महानिरीक्षक खनाल पछि हटेर पन्तको सरुवा संशोधन गर्दै पर्सा पठाएका छन् । चितवनमा एसपी नान्तीराज गुरुङलाई पठाइएको छ । प्रचण्ड परिवारकै सिफारिसमा गुरुङ चितवन सरुवा भएका हुन् । त्यस्तै, बारामा कृष्ण पंगेनीलाई पठाइएको छ । पर्साका सोमेन्द्रसिंह राठौरलाई महानगरीय अपराध महाशाखामा सरुवा भएको छ । काठमाडौं परिसरका अशोक सिंहको इन्टरपोल शाखामा सरुवा भएको छ । बाराका एसपी विकाराज खनालको दंगा गण, सुनवलमा सरुवा भएको छ । drishtinews