डिजेल र पेट्रोलको मूल्य घट्यो, ग्याँसको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले  सोमबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।

जस अनुसार निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर १ रुपैयाँ घटाएको छ भने खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ ।

मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ, डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ र  खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ ।