प्रचलित :

चितवन । रत्ननगर जेसिज तथा रत्ननगर जुनियर जेसिजको संयुक्त पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । रत्ननगर जेसिज वर्ष २०२० का अध्यक्ष प्रदिप अधिकारी रहेका छन् भने जुनियर जेसिजका अध्यक्ष विदुर खनाल रहेका छन् ।

रत्ननगर जेसिजका वर्ष २०१९ का अध्यक्ष सुवास पोखरेलले वर्ष २०२० का अध्यक्ष प्रदिप अधिकारीलाई सपथग्रहण गराई पदस्थापन गराएका थिए भने जुनियर जेसिजका वर्ष २०१९ का अध्यक्ष रञ्जित घिमिरेले वर्ष २०२० का अध्यक्ष विदुर खनाललाई सपथग्रहण गराई पदस्थापन गराएका हुन् । नवनिर्वाचित अध्यक्षहरुले शुक्रबार साझ सम्पन्न सो कार्यक्रममा आ–आफ्ना पदाधिकारीहरुलाई सपथग्रहण गराएका थिए ।


सोही अवसरमा वर्ष २०१९ का बाबुराम परियारले जेसिज अफ दि इयर अवार्ड प्राप्त गरेका थिए । कार्यक्रममा जेसिजमा रही उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको थियो भने रत्ननगर जेसिजका पूर्व अध्यक्षहरुको प्रथम महिलाहरुलाई सम्मान समेत गरिएको थियो । जेसिज वर्ष २०१९ का अध्यक्ष पोखरेलले पहिलो सत्रको र वर्ष २०२० का अध्यक्ष अधिकारीले सो कार्यक्रममा दोश्रो सत्रको अध्यक्षता गरेका थिए ।


जेसिज वर्ष २०२० का लागि गत माघ ५ गते अधिवेशन सम्पन्न भई प्रदिप अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जेसिजको कार्यकारीणी उपाध्यक्षमा हेमराज आचार्य र बाबुराम परियार,महासचिवमा अमित गुप्ता, कोषाध्यक्षमा सविन मानन्धर, उपाध्यक्षहरुमा किरण लामिछाने,विपिन्द्र घिमिरे,सुमन पौडेल र सुमन सुवेदी रहेका छन् । त्यस्तै निर्देशक हरुमा वैभव लामिछाने, असिम गिरी,सुरेशजंग पाण्डे र हरिकुमार श्रेष्ठ , सहसचिवमा ज्योति भट्ट,स हकोषाध्यक्षमा अजय गुप्ता चयन भएका छन् ।

तालिम निर्देशकमा सन्तोष दुवाडी,प्रकरण निर्देशकमा राजेन्द्र धमला,शाखा सम्पादकमा उपेन्द्र आचार्य र जनसम्पर्क अधिकृतमा रामप्रसाद पाण्डे चयन भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, निरुपित राष्ट्रिय कार्यवाहक उपाध्यक्ष लालमणि भण्डारी, राष्ट्रिय उपाध्यक्ष शिव प्रसाद भुसाल, मातृ शाखा अध्यक्ष अनुप जोशी लगायतले कार्यक्रममा आ–आफ्ना भनाइहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !