कोरोना प्रकोप : हङकङमा आपतकाल, २ हप्ता विद्यालय बन्द, म्याराथन पनि स्थगित

बेइजिङ  । कोरोना भाइरसको सन्त्रास छाएसँगै हङकङले आपतकाल घोषणा गर्दै दुई साताका लागि प्राथमिक र माध्यमिक तहका विद्यालय बन्द गर्ने भएको छ। नयाँ वर्षका लागि बिदा भएका विद्यालय थप दुई साताका लागि बन्द गर्ने घोषणा गरेको हो । यो सँगै आगामी फेब्रअरी १७ सम्मका लागि विद्यालय खुला हुने छैनन् ।

सुरुमा मध्य चीनको वुहानमा फेला परेको कोरोना भाइरस अहिले अन्य मुलुकमा पनि फैलिएको छ। हङकङका अधिकारीले पाँच जनामा काेराेना भाइरसकाे संक्रमण भेटिएकाे बताएका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङमा आगामी फेब्रुअरी ९ मा हुन लागेको म्याराथन पनि स्थगित भएकाे उल्लेख गरेको छ । म्याराथनमा ७० हजार सहभागी हुने अनुमानमा गरिएको थियो ।