अष्ट्रेलियामा डढेलो नियन्त्रणमा संलग्न जहाज दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा लागि रहेको डढेलो नियन्त्रणमा संलग्न एक विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  उक्त विशाल हवाई ट्यान्कर बिहीबार स्थानीय समय अनुसार १३ः३० देखि हराइरहेको विमान दुर्घटनाग्रस्त अवस्थामा केहीबेर अघि फेला परेको थियो ।

नर्थ साउथ वेल्सका प्रमुख ग्लाडीस बेरेजिक्लियनले जहाज हिउयुक्त पहाडमा ठोक्किएको जानकारी दिए ।

नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाले उक्त पानी बोकेको जहाज डढेलो प्रभावित क्षेत्रमा पठाइएको बताइएको छ ।

कमिस्नर शेन फिट्जसिमान्सका अनुसार जहाज के कारणले पहाडमा ठोक्किन पुगेको स्पष्ट नभइसकेको बताएका छन् ।