सातौं खिचरा महोत्सव सकियो, तीन लाख दर्शकले गरे अवलोकन

चितवन। माघी (खिचरा) पर्वको अवसरमा पूर्वीचितवनको खैरहनीमा आयोजित ‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत बुधबारबाट सकिएको छ ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा खैरहनी–५ गौचरनमा भएको महोत्सव ११ दिनसम्म चलेको थियो । महोत्सवको आज एक समारोहकाबीच थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष विष्णुकुमारी चौधरीले समापन गरिन् । महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले मन्तव्य व्यक्त गरेका थिए ।