पुर्वी चितवनका विभिन्न क्षेत्रमा दैनिक १२ घण्टा विद्युत सेवा अवरुद्ध हुने (विवरण सहित)

रत्ननगर । पुर्वी चितवनका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विधुत प्राधिकरण रत्ननगर वितरण केन्द्र अन्तर्गत रहेका क्षेत्रमा विधुत आपुर्ती वन्द हुने वितरण केन्द्रले एक सुचना जारीगरि जानकारी गराएको छ।


टाँडी वितरण केन्द्र अन्तर्गतको ३३.११ के.भी. पर्सा सव—स्टेशन ६.८ एम.भि.ए पावर ट्रान्सफर्मरहरुको तेल शुद्धिकरण कार्य गर्नु पर्ने भएकोले माघ ८ गते देखि १३ गते सम्म विधुत आपुर्ती वन्द रहने वितरण केन्द्र प्रमुख चुटुन कुमार श्रीवास्तवले जानकारी दिए ।
वितरण केन्द्र अन्र्तगत चैनपुर र खैरहनी फिडर अन्र्तगत माघ ८ गते देखि १० गते सम्म दैनिक विहान ६ वजे देखि वेलुका ६ वजे सम्म दैनिक १२ घण्टा विधुत आपुर्ती वन्द हुने छ । त्यस्तै टाँडी र पर्सा फिडर अन्तर्गत ११ गते देखि १३ गते सम्म विहान ६ वने देखि वेलुका ६ वजे सम्म विधुत आपुर्ती वन्द हुने रत्ननगर वितरण केन्द्रले जनाएको छ ।