चितवनमा नायिका पूजा शर्माले गरिन केटिएम सिटी शोरुमको उद्घाटन

चितवन । स्क्वाड नेपाल प्रालिले स्वदेशी गुणस्तरीय ब्राण्ड केटिएम सिटी तथा बहुचर्चित बिदेशी ब्राण्ड अन्टाको शोरुम चितवनको भरतपुरमा रहेको सिजि लेण्डमार्कमा शुभारम्भ गरेको छ । नेपाली सिनेनगरी कि चर्चित नायिका पुजा शर्माले रिवन काटेर उद्घाटन गरेकी हुन् ।उद्घाटनका लागि सिजी मल परिसरमा औपचारिक कार्यक्रम पनि गरिएको थियो । विदेशी ब्राण्डको कपडाका लागि गरिने खर्चभन्दा निकै कम खर्चमा आफ्नो देशमै उत्पादित स्वदेशी ब्राण्ड रोज्न पाउनु गौरवको कुरा भएको उद्घाटनपश्चात् आयोजित कार्यक्रममा नायिका शर्माले भनिन् । चितवन आउन जुर्ने हरेक अवसरले आफूलाई आनन्दित तुल्याउने गरेको तथा आफूलाई जस्तै स्वदेशमै उत्पादित यो ब्राण्डलाई पनि माया गरिदिन नायिका शर्माले कार्यक्रममा उपस्थित दर्शकहरुलाई अपिल पनि गरिन ।
कार्यक्रममा चर्चित गायक रामचन्द्र काफ्लेले आफ्ना केही सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । काफ्लेकी श्रीमती, गायिका तथा उक्त कार्यक्रमको प्रस्तोता जुनु रिजालेलेपनि सांगीतिक माहौल जमाउन भरपूर साथ दिएकी थिइन् ।
हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ ले आफ्नो हास्य प्रहसनले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन ।कार्यक्रममा स्क्वाड नेपालका फिलिप डिसिले मध्यम बर्गिय देखि उच्च ब्राण्डको कन्सेप्ट भएकोले पनि शोरुमबाट लाभ लिन सक्ने बताए ।अर्का संचालक सुरज गिरिले धेरै अथक प्रयास पछि राजधानीमा अतिनै लोकप्रिय रहेको केटिएम सिटि चितवनका उपभोक्ता माझ ल्याउन पाउँदा आफुले गौरवान्वित महसुस गरेको बताए ।
कार्यक्रमका बिशिष्ट अतिथि ईक्यान नेपालका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डे, अतिथि युवा उद्यमी राम कार्की, अतिथि संगीतिज्ञ श्याम नेपाली लगायतले व्यावसायिक सफलताको शुभेच्छा प्रकट गरेका थिए ।
स्क्वाड नेपाल प्रालि चितवनभरको केटिएम र अन्टा ब्राण्डको वितरक रहेको र छिट्टै चनौली, टाँडी, पर्सालगायतका ठाउँमा यसले आफ्नो सेवा विस्तार गर्ने संचालकमध्येका एक उत्तम गुरुङले बताए ।