रिसोर्टमा बसेका ८ पर्यटक बेहोस, सबैकाे मृत्यु भएकाे आशंका

काठमाडौं । मकवानपुरको दमनमा ८ पर्यटक बेहोस भएका छन् । दामनस्थित एभरेष्ट पानोरामा रिसोर्टमा मंगलबार बिहान पर्यटक बेहास भएका हुन् ।

बेहोस हुनेमा चार पुरुष र चार महिला छन् । बेहोस भएका मध्ये सबैकाे मृत्यु भएकाे हुन सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिनुभयाे । उहाँका अनुसार साेमबार राति १५ जना मध्ये ८ जना एकै काेठामा हिटर बालेर सुतेका थिए ।

बेहोस भएका पर्यटकलाई हेलिकप्टरबाट काठमाडौंकाे हेम्स अस्पतालमा ल्याइएकाे छ ।