नारायणगढको फोर्ब्स कलेजका ३ जना विद्यार्थीले पाए नेटवर्किङ सम्बन्धि अन्तर्राष्ट्रिय सिसीएनए सर्टिफिकेट

शिशिर सिंखडा, चितवन । नारायणगढको फोर्ब्स कलेजका ३ जना विद्यार्थीले अन्तर्राष्ट्रिय सिसीएनए सर्टिफिकेट प्राप्त गरेका छन । कलेजको बिसीएस नेटवर्क टेक्नोलोजी एन्ड  साइबर सेक्युरिटी चौथो सेमेस्टरमा अध्ययनरत सन्जय न्यौपाने, बिपु ओझा र राजन धितालले सो सर्टिफिकेट प्राप्त गरेका हुन ।

नेटवर्किङ तथा साइबर सेक्युरिटी सम्बन्धि बिश्व प्रख्यात सिस्को कम्पनीले आज काठमाडौंमा लिएको परिक्षामा आफ्नो कलेजका ३ जना विद्यार्थी सफल भई अन्तर्राष्ट्रिय सिसीएनए सर्टिफिकेट प्राप्त गरेको कलेजका सहायक प्राचार्य हरिशरण पाठकले जानकारी दिए ।

नेटवर्किङ तथा साइबर सेक्युरिटी सम्बन्धि सो अन्तर्राष्ट्रिय सर्टिफिकेटबाट सर्टिफाईड हुने चितवनकै पहिलो विद्यार्थी भएको सहायक प्राचार्य पाठकले बताए ।