शिशिर सिंखडा, चितवन,माघ ३ गते । चितवनको रामनगरमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौबाट आउदै गरेको बा १ च ७८३ नम्बरको बसले सोही दिशा तर्फ आउदै गरेको लु २ ख ३३०५ नम्बरको ट्रकलाई ठक्कर दिदा दुर्घटना भएको थियो । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । मृत्यु भएका दुबै जना बसको यात्रु हुन । उनिहरुको सनाखत भएको छैन । घाइतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।