पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, आज विविध कार्यक्रम गरेर मनाइँदै

काठमाडौं। नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

विसं १७७९ मा गोरखामा जन्मनुभएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नुभएको थियो । सात महिनामा तन्त्रविधिबाट उहाँको जन्म भएको थियो ।

पृथ्वी नारारायणले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताउनुभयो ।

विसं १८०० मा नुवाकोटमा पहिलोपटक आक्रमण गर्दा उहाँ पराजित हुनुभएको थियो । १८०१ मा नुवाकोटमा विजयी हुनुभयो । यसैगरी कीर्तिपुरमा पनि उहाँ दुई पटक पराजित हुनुभएको थियो । विश्वमा विजयी भई उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उहाँको नेतृत्वमा पराजित भएको थियो ।

अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गर्नुभएको थियो ।

यसपछि भारतमा उपनिवेश चलाइरहेका अङ्ग्रेज पनि उहाँसँग डराएका थिए । शाहले ‘व्रतरत्नमाला’ नामक कृति लेख्नुभएको थियो । यसैगरी उहाँका तीन कविता पनि प्रकाशित भएको सोडारीले सुनाउनुभयो ।

‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो । नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिनुभएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो ।

पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ ।