नारायणी सिङ्गिङ आईडल- २०७६ को ग्राण्ड फिनाले आज (फोटाे फिचर)

चितवन । गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले सञ्चालित नारायणी सिङ्गिङ आईडल २०७६ को आज ग्राण्ड फिनाले भईरहेको छ । रत्ननगरको निपनी स्थित उक्त कार्यक्रम सञ्चालन भईरहेको छ ।

गत कार्तिक १ गतेबाट सूरु भएको आईडलको पहिलो चरणमा एक सय दश जना सहभागि रहेका थिए । दोश्रो चरणमा ७० जना र ग्राण्ड फिनालेमा आज २३ जना सहभागी भएको कार्यक्रमका संयोजक दीपक सिंहले जानकारी दिए ।

रत्ननगर कला मन्दिर र वाईएसी ईभेन्टसको आयोजनामा भएको आईडलमा चितवन, नवलपुर, मकवानपुर लगाएत दश भन्दा बढी जिल्लाका प्रतियोगिहरुको सहभागिता थियो । चितवनका युवा उद्यमी निर्देश सेढाँई ग्राण्ड फिनालेका प्रमुख अतिथी रहेका छन् ।

कार्यक्रममा बिशिष्ट अतिथीहरु मिस नेपाल २०१८ कल्पना आचार्य, लेख बहादुर गुरुङ, दीपक खड्का, धनु थापा मगर, समाजसेवी मञ्जु खाँड, शंकर कडेल लगाएत रहेका छन् । सो कार्यक्रमका निर्देशक राम रिमाल र कार्यक्रमको सह संयोजक राजु पाठक रहेका छन् भने कार्यक्रको सञ्चालन सञ्चारकर्मी राजन दिल गुरुङले गरेका छन् ।

आज जारी ग्राण्ड फिनालेमा निर्णायकहरु संगितकार दीपक शर्मा, एलिना चौवान, चन्द्र घले, भुवन प्यासी, सीता कंडेल र प्रलय चौलागाई रहेका छन् । आज साँझ समपन्न हुने ग्राण्ड फिनालेमा प्रथम हुनेले यामाहाको रेज स्कुटर प्राप्त गर्ने छन भने दितिय हुनेले नगद ७५ हजार रुपैया प्राप्त गर्ने छन् ।

यसैगरी बेस्ट प्रर्फमेन्स एक जना र अर्गनाईजर च्वाईस २ जनाले पनि उत्कृष्ट पुरस्कार प्राप्त गर्ने छन् ।