रत्ननगरमा पुस २५ गते शुक्रबारदेखि हुने रत्ननगर महोत्सवको तयारी पुरा, २९ गतेबाट फुड फेष्टिवल पनि हुँदै

चितवन । चितवनको रत्ननगरमा आयोजना गरिएको रत्ननगर महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । रत्ननगर महोत्सवको दशौँ संस्करणको उद्घाटन पुस २५ गते उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । माघ ७ गतेसम्म आयोजना हुने दशौँ रत्ननगर महोत्सवको तयारी पुरा भएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको सो महोत्सवको चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने मुल उद्देश्य रहेको छ । संघले बुधबार महोत्सवस्थल टिकौलीचौरमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारीबारे जानकारी गराएको हो ।

‘रत्ननगर महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य रहेको रत्ननगर महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले बताए ।
महोत्सवमा जीप लाईन सफारी,सेल्फी डाँडा,जीप सफारी लगायत केरा बगैंचा प्रतियोगिता समावेश गरिएको संघका महासचिव निराजन खनालले जानकारी दिए ।


नेपाल भ्रमण वर्ष २०२० को सुरुवाती चरणमै आयोजना हुन लागेको रत्ननगर महोत्सवले भ्रमण वर्ष सफल पार्न पर्यटकीय गतिविधिमा जोड दिएको छ । यस पटक रत्ननगर महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला, सँस्कृति, वस्तु एवं सेवाका पाँच सय वटा स्टल रहने छन् ।

पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस महोत्सवमा ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए । रत्ननगर महोत्सव अन्तर्गत पुस २९ देखि माघ ४ गतेसम्म रत्ननगरको टाँडी बजारमा चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना हुने भएको छ ।

मासुको खपत बढाउन मासुका विशेष परिकारसहित फुड फेस्टिबल आयोजना गर्न लागिएको संयोजक ज्ञानबहादुर विसुरालले बताए । रत्ननगर नगरपालिका उपप्रमुख विमला दुवाडीले रत्ननगरमा हुने महोत्सवले समग्र जिल्लाको आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने बताइन ।

यस बर्ष रत्ननगर महोत्सवको शोभायात्रालाई विशेष बनाइदै छ । शोभायात्रामा ८०० संघसंस्थालाई सहभागी गराइने तयारी गरिएको शोभायात्र व्यवस्थापन समितिकी संयोजक विरञ्जना घिमिरेले जानकारी दिइन । शोभायात्रामा महिलाहरुको पञ्चेबाजा,नेवारी समुदायको कुमारी,महिला र पुरुषको बासुरी बजाउने लगायतका कार्यक्रम समावेश गरिएको संयोजक घिमिरेले जानकारी दिइन । शोभायात्रामा सहभागीहरुलाई १० वटा विधामा प्रथम,द्धितीय र तृतीय छुट्याएर नगद पुरस्कार प्रदान गरिने छ ।

रत्ननगर महोत्सव २०७६
(पौष २५ देखि माघ ७)

प्रेस विज्ञप्ती

“रत्ननगर महोत्सव हाम्रो पहिचान व्यवसायिक कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान” समग्र
चितवनको गौरव र गरिमामय प्रस्तुति रत्ननगर महोत्सव २०७६ को जानकारी दिने उद्देश्यका साथ आयोजित पत्रकार सम्मेलनमा पाल्नु हुने सम्पूर्ण पत्रकार मित्रहरु, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनज्यू र उप प्रमुख विमला दुवाडीज्यू, इलाका प्रहरी कार्यालय, रत्ननगरका प्रमुख भावेस रिमालज्यू, श्री रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं रत्ननगर महोत्सवका पूर्व संयोजकज्यूहरु, स्टेरिङ कमिटीका सम्पुर्ण सदस्यज्यूहरुलाई रत्ननगर महोत्सव २०७६ को मूल संयोजकको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु
पत्रकार मित्रहरु ।
समग्र चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवद्र्धन गर्दै चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्वद्र्धनमा रत्ननगर महोत्सवले बिशिष्ट र दुरगामी महत्व बोकेको छ । प्रत्येक दुई वर्षको अन्र्तरालमा हुने यस्तो महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसंग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको छ । रत्ननगर नगरपालिकाको संरक्षकत्वमा रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा विगतमा सम्पन्न महोत्सवको सफलतालाई अगाल्दै अझै परिष्कृत र परिमार्जन गर्दै यस वर्ष भ्रमण वर्ष २०२० लाई सफलतापूर्वक सम्पन्न गर्न दशौं संस्करण यही पौष २५ देखि माघ ७ गते सम्म महोत्सव आयोजना गरिएको हो । विगतमा सम्पन्न महोत्सवको सफलताको अनुभवलाई अझै परिष्कृत र परिमार्जन गर्दै आगामी पौष २५ देखि माघ ७ गते सम्म (तदनुसार १० देखि २१ जनवरी २०२०) १२ दिन रत्ननगर नगरपालिका टिकौली चौरमा दशौं पटक “रत्ननगर महोत्सव–२०७६’’ को आयोजना गरिएको हो ।
महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको छ । महोत्सवको पुस २५ गते सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ज्यूको वाहुलीबाट उद्घाटन हुने छ । उद्घाटन पूर्व नेपाल माविको प्राङ्गढबाट विशाल शोभायात्र निकालिने छ ।
रत्ननगर महोत्सव २०७६ मा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन करिव ५०० वटा स्टल रहने छ । जिल्लाको सर्वपक्षिय मौलिक विशेषता झल्काउने विविध लोकसांस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्तिकलाको प्रतियोगितात्मक प्रदर्शनी समावेश गरिने छ । यस पटकको महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब ५० करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । रत्ननगर महोत्सव २०७६ लाई भव्यताका साथ सम्पन्न गर्न मूल समिति, स्टेरिङ कमिटी, सल्लाहकार समिति लगायत विभिन्न कार्यका लागि ४१ वटा कार्यगत समितिहरु गठन गरि तदारुकताका साथ काम अगाडि बढाई सकिएको छ ।
चितवनवासीहरुले पर्वको रुपमा मान्दै आएको रत्ननगर महोत्सव अनुपम नमुनाको रुपमा रहेको छ । रत्ननगर महोत्सव २०७६ मा स्वदेशी सोच स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोग परियोजनाको मुल नारा सहित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतका कृषिका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको छ ।
बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिंचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, प्लान्ट क्लिनिक, पोल्ट्री, महसगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएका छौं । स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजन प्रदर्शनको व्यवस्था गरिने छ । माछा, केरा, तरकारी तथा फलफुल, च्याउ, पोल्ट्रीका छुट्टा छुट्टै परिसर ९एबखष्ष्यिल० हुनेछन । यस पटक अन्तराष्ट्रिय प्रदर्शक (बंगलादेश, पाकिस्तान, भारत) हरुको पनि सहभागीता रहने छ । व्यवसायिक रुपमा कृषि व्यवसायमा लागेका कृषकका फर्ममै गएर मूल्यांकन गरी प्रतियोगिता संचालन गरिनेछ भने स्थालगत कृषि अवलोकन भ्रमणको पनि व्यवस्था गरिएको छ । यस बर्ष महोत्सव अन्तर्गत केरा बगैंचा प्रतियोगिता समेत समाबेस गरिएको छ । महोत्सव अवधिभर कृषिसंग सम्बन्धित विभिन्न गोष्ठी, अन्र्तक्रिया कार्यक्रम, चितवनको आर्थिक विकासका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी संचालन गरिने छ । महोत्सवमा माछापालनमा नयां वायोफ्लक प्रविधि प्रदर्शनी साथै माछापालन गर्ने तरिका तथा बजारीकरणको विषयलाई पनि प्राथमिकतामा राखिएको छ । माछापालन व्यवसायको प्रर्वद्धनको लागि महोत्सवमा माछाको भूराको प्रर्दशनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टलहरु, चेतनामुलक सामाग्री, श्रव्यदृश्य तथा सेमिनार गरिने छ ।
यस बर्षको महोत्सबमा पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम अन्र्तगत चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, चेपाङ पहाडी पदयात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बिसहजार ताल, टिकौलीमा रहेको जैविक विविधता सुचना केन्द्रको प्रचार प्रसार्का व्यवस्था पनि मिलाइएको छ । अटो, कृषि, शैक्षिक, पशुपंक्षी व्यवसायसंग सम्बन्धित छुट्टैे परिसर रहने छ । विगतका बर्षमा जस्तै बालबालिकाहरुका लागि फनपार्क परिसरले पनि निरन्तरता पाउने छ ।
रत्ननगर महोत्सव २०७६ को अवसरमा भ्रमण वर्ष २०२० लाई सफलतापूर्वक सम्पन्न गर्न भरतपुर एयरपोर्टको स्तरउन्नति र रात्रीकालिन हवाई सेवा संचालन गर्न र स्थानीय सामुदायिक वन, इको टुरिजम पार्कमा जिप सफारीको लागि प्रवद्र्धन र चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन भित्र रात्रिकालिन जिप सफारी संचालनका लागि नेपाल सरकार संग अनुमतीको लागि पहल गरिरहेका छौ । रत्ननगर महोत्सव र भ्रमण वर्षको अवसरमा हेलिकप्टरबाट स्थानीय पर्यटकीय स्थलहरुको भ्रमणकोे व्यवस्था मिलाइएको छ ।
महोत्सव अबलोकनकर्तालाई थप मनोरञ्जन प्रदान गर्न महोत्सव परिसरमै जीपलाइन एडभाञ्चर ,वन्यजन्तुको चित्र सहित सेल्फी डाँडा र पञ्चकन्या सामुदायिक वनमा जीप सफारीको व्यवस्था मिलाइएको छ ।

विगतमा जस्तै महोत्सव अन्र्तगत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको टांडी बजारमा मासुको खपत बढाउन, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकार सहित पोल्ट्री विशेष तेश्रो चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना गरिएको छ । यस पटकको फेस्टिबलमा पोल्ट्रीजन्य उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको छ । फेष्टिवलमा कुखुराको मासु र अण्डाका परिकारहरुको प्रर्दशनी गरिने छ ।

रत्ननगर महोत्सबमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति तथा स्थानीय स्तरका उदयीमान प्रतिभाका कला प्रष्फुटन अवसर महोत्सव अवलोकनकर्ताको आकर्षण हुने गरेको छ । यस बर्ष अझ भब्य र व्यवस्थित सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने तयारी गरिएको छ । विभिन्न आदिवासी जनजातीका भेषभुषा तथा नृत्य सहितको कला संस्कृती प्रदर्शन गरिने छ ।
महोत्सवको उद्घाटनको अवसरमा विभिन्न जनजाती, धार्मिक,सांस्कृतिक,शैक्षिक तथा अन्य संघ संस्थाको सहभागितामा बाजा र झांकी सहितको शोभायात्रा निकालिने छ । चितवनको विविध गतिविधि समाविष्ट भएको “रत्ननगर महोत्सव स्मारिका” पनि प्रकाशित गरिनेछ । सुरक्षाको दृष्टिकोणले महोत्सवलाई पूर्ण अत्याधुनिक ऋऋत्ख् बाट निरीक्षण गरिनेछ भने ५ करोड बराबर बिमाको व्यवस्था गरिएको छ ।

रत्ननगर महोत्सव २०७६ का, मुख्य प्रायोजक होटल सेभेन स्टार सौराहा चितवन र सह प्रायोजक आइ.एम.ई.ग्रुप काठमाडौं रहेका छन । आधिकारी बैंक सिन्धु विकास बैंक लि., आधिकारिक वीमा नेको इन्स्योरेन्स क.लि., आधिकारिक पानी ओम जल उद्योग, खैरहनी, चितवन, टिकट सौजन्य ः बालाजी सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि.को बाहुवली (पूर्वि चितवनको आधिकारी विक्रेता ः सम्पर्क हार्डवेयर एण्ड सेनेटरी, जयमंगला) प्रवेशद्धार सौजन्य ः दुगर्ड स्पाईस एण्ड फुड प्रोडक्ट प्रा.लि. (सेन्चुरी मसला) र अटो परिसर सौजन्य ः निशास मोर्टस (बजाज मोटरसाईकलको आधिकारीक विक्रेता), कृषि परिसर सौजन्य ः कालिका नगरपालिका कार्यालय स्टेज सौजन्य ः सत्यम स्कुल, भरतपुर, चितवन, रेष्टुरेण्ट परिसर सौजन्य ः बोटलर्स नेपाल तराई लि.चितवन, सहयोगी संस्था ः तिरुपती पेन्टस प्रा.लि.रत्ननगर, चितवन र नेपाल टेलिकम र इन्टरनेट पाटनर ः भाया नेट प्रवद्र्धकको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेश नं.३, हेटौडा, प्रदेश सरकार, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं.३, हेटौडा, नेपाल सरकार कृषि तथा पशुपंछी विकास मन्त्रालय, पशुसेवा विभाग, हरिहर भवन, ललितपुर, जिल्ला समन्वय समिति, चितवन, राष्ट्रिय फलफूल विकास केन्द्र, किर्तिपुर, काठमाण्डौं, फलफूल तथा तरकारी मूल्यश्रृंखला विकास आयोजना, हरिहर भवन, ललितपुर, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, हरिहर भवन, ललितपुर, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई, चितवन, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, चितवन रहेको छ भने चिकेन एण्ड एग फुड फेस्टिबल का प्रायोजक ः जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिज, सह प्रायोजक किसान दाना उद्योग प्रा.लि., र.न.पा.१२, चितवन सहयोगी संस्था ः निम्वस रहेको छ । यस पटकको टिकट शुल्क सर्वसाधारण तर्फ रु.५०।— र विद्यार्थी शुल्क रु.२५।— राखिएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएको नागरिकलाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । विगतका महोत्सवहरुमा झै यस पटक पनि संचारकर्मी महनुभावहरुलाई प्रवेश सुविधाका निम्ति आ–आफ्नो संचार प्रतिष्ठानको परिचय पत्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
यसै सन्दर्भमा यहां उपस्थित सम्पूर्ण पत्रकारज्यूहरुलाई आफ्नो सञ्चार माध्यमबाट यस महोत्सवको उद्घाटन पूर्व र अवधि भरमा सञ्चालित कार्यक्रमहरु तथा गतिविधिहरुलाई उचित स्थान दिनुभई महोत्सवको व्यापक प्रचार प्रसारमा सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्न चाहन्छु ।
साथै रत्ननगर महोत्सव २०६४ मा परेवाकोटको हृदयविदारक दुर्घटनाले हामीलाई कहिले निको नहुने घाउको रुपमा पिडा दिने गरेको छ । दुर्घटनामा दिवंगत हुनु भएका तत्कालिन संघका कार्यसमिति सदस्य एवं महोत्सवका कला सांस्कृितक समितिका संयोजक हाम्रा आत्मिय मित्र स्व.जगतकृष्ण प्रजापती, मेघनाथ उप्रेती र लक्ष्मी वि.क.लाई समेत सम्झनामा भावपूर्ण श्र्रद्धाञ्जली अर्पण गर्दै घाईते पत्रकार तथा मित्रहरु प्रति हृदय देखि सहानभुती प्रकट गर्न चाहन्छौं ।
समग्र चितवनको गौरव र गरिमामय प्रस्तुति रत्ननगर महोत्सव २०७६ को सफलताका लागि अधिकतम जनसहभागिता जुटाउन, महोत्सबलाई रत्ननगर र चितवन मात्र हैन समग्र मुलुकको आर्थिक विकासका लागि अझ परिष्कृत रुपमा सफल बनाउन, सम्पूर्ण पत्रकार तथा संचारकर्मी, स्थानीय तथा राष्ट्रिय स्तरमा संचालित सम्पूर्ण संचार संस्था सवैबाट रचनात्मक सहयोग, सुझावको अपेक्षा गरिएको छ । पूर्ण सहयोग मिल्नेछ भन्ने विश्वास पनि लिएका छौं ।

अवलोकन गरौं, सहभागी बनौं, सफल पारौं १

राजाराम रेग्मी
संयोजक
मूल आयोजक समिति
रत्ननगर महोत्सव २०७६
मिति ः– २०७६।९।२३