नेपाली कांग्रेस पाैडेल समूहका जिल्ला सभापति हरूकाे भेला सानेपामा हुँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिले पुस ११ गते गरेको निर्णयका सम्बन्धमा छलफल गर्न आज वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरूको भेला पार्टी कार्यालय सानेपामा बाेलाएकाे छ ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा भएको बुहमतको बलमा पुस ११ गते विभिन्न निर्णय गरेपछि रुष्ट भएका पाैडेल समूहका जिल्ला सभापतिहरूको भेला बिहान ११ बजेदेखि हुँदैछ ।

गएकै वर्ष कांग्रेसको महासमितिले बैठकले विधान पारित गरेको थियो । सो विधान कार्यान्वयनमा नल्याई केन्द्रीय समितिको बुहमतका आधारमा संशोधन गर्दै विभिन्न निर्णय भएपछि पौडेल समूह सभापति देउवाप्रति रुष्ट छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइरालालगायतले सो निर्णय नमान्ने जनाउँदै आएका छन् ।

नेता पौडेल र सिटौला पक्षको आव्हानमा सोमबार बोलाइएको जिल्ला सभापति भेलामा ७७ जिल्लामध्ये ५० देखि ५२ जिल्लाका सभापतिहरूको उपस्थिति रहने दावी गरिएको छ ।