नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ७५ हजार ५ सय

 काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । साताको पहिलो दिन आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ७५ हजार ५ सय रुपैंयामा कारोबार भइरहेको छ ।

शुक्रबार तोलामा ७४ हजार ५०० मा कारोबार भएको  सुनको मूल्य आइतबार १ हजारले बढेर बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भइरहेको छ भने, चाँदी प्रतितोलामा ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।