मनकामना अस्पताल भरतपुरको अध्यक्षमा प्रा.डा. श्रेष्ठ र मेनेजिङ डाईरेक्टरमा युवा व्यबसायी काफ्ले चयन

चितवन । मनकामना अस्पताल प्रा.ली.भरतपुरको अध्यक्षमा प्रा.डा. अर्जुन श्रेष्ठ र मेनेजिङ डाईरेक्टरमा युवा व्यबसायी ध्रुव काफ्ले चयन भएका छन । अस्पतालको शुक्रबार भएको १३औं बार्षिक साधारण सभाबाट अस्पतालको संचालक हरुमा डा. गौरव न्याेेपाने, डा. शंकर ढकाल, डा. दिपकराज तिवारी, कल्याण जोशी र दिलिप घिमिरे चयन भएको अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र कुमार अग्रहरीले जानकारी दिए ।