आज सोमबारको तपाईँ राशिफल र पञ्चाङ्ग यस्तो छ हेर्नुस्

काठमाडाैं । वि.सं. २०७६ पुस १४। सोमबार। इ.स. २०१९ डिसेम्बर ३०। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष। चतुर्थी, १३:०९ उप्रान्त पञ्चमी। नक्षत्र– धनिष्ठा, २२:३६ बजेउप्रान्त शतभिषा। योग– वज्र, २०:५६ बजेउप्रान्त सिद्धि। करण– भद्रा, १३:०९ बजेदेखि वव, २६:०० बजेउप्रान्त वालव। आनन्दादिमा शुभ योग। चन्द्रराशि– मकर, ९:३२ बजेउप्रान्त कुम्भ। काठमाडौंमा सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:१७ बजे र दिनमान २५ घडी ३ पला। धनिष्ठा–पञ्चक ९:३२ बजे प्रारम्भ।

तपाईँको आजको राशिफल

मेष

आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

वृष

आज मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

मिथुन

आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

कर्कट

रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ ।

सिंह

मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कन्या

शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

तुला

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

वृश्चिक

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

धनु

आफन्तको प्रगतिमा मन रमाउनेछ । काम गर्ने उत्साह र हौसला भोज भतेरमा जाने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

मकर

रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कुम्भ

अपरिचित व्यक्तिसँग छिटो विश्वासमा पर्नाले आर्थिक नोक्सानी हुन सक्छ । प्रेमीसंग मनमुटाव रहला । यात्रामा मालसामान हराउन सक्छ ।

मीन

आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ ।  –  ज्यो.प. नारायणप्रसाद दुलाल