निर्माणाधिन रंगशालामा इक्यान चितवनको श्रमदान

चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा पछिल्लो समय श्रमदान गर्नेको संख्या वढ्दै गएको छ । विभिन्न संघ सस्था, क्लवको नाममा दैनिक जसो मानिसहरु स्वतस्फर्त रुपमा श्रमदान गर्न आउने गरेको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिनुभयो ।
यसैविच, शैक्षिक परामर्शको क्षेत्रमा कार्यरत चितनवनका व्यवसायीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनले शुक्रबार निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा श्रमदान गरेको छ । उक्त श्रमदान कार्यक्रममा इक्यानका केन्द्रिय अध्यक्ष विष्णुहरि पाण्डे प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पाण्डेले जनस्तरवाट अन्तराष्ट्रिय क्रिकेट रंगशाला वनाउनु चानेचुने कुरा नभएको वताउँदै रंगशाला निर्माणमा सक्दो सहयोग गर्नु नेपालीको दायित्व भएको वताउनु भयो ।
इक्यान केन्द्रिय समितिले पनि निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय त्रिकेट रंगशाला लाई सहयोग गर्न सहयोग समिति नै गठन गरेको जानकारी दिँदै उहाले छिट्टै रंगशालालाई आर्थिक सहयोग हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा शैक्षिक परामर्श व्यवसायी, विद्यार्थी गरि करिव दुई सय जनाको सहभागिता रहेको इक्यान चितवनका अध्यक्ष हिम्मत पुरीले जानकारी दिनुभयो ।
श्रमदान कार्यक्रम अन्तरगत शुक्रबार रंगशाला निर्माण स्थलमा पिच निर्माणको लागि निर्माण प्राविधिकको उपस्थिती एवं निर्देशन अनुसार ढुंगा सोलिङ गर्ने काम सम्पन्न भएको अध्यक्ष पुरीले वताउनु भयो । साथै उहाले कार्यक्रममा सहभागि इक्यानका केन्द्रिय अध्यक्ष, पधाधिकारी तथा सदस्यहरु, इक्यान चितवनका पदाधिकारी तथा कार्यसमिति सदस्य साथै सहभागी सम्पुर्ण बिद्यार्थी तथा शुभ चिन्तक र समस्त शैक्षिक परामर्श ब्यबसायीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।