नारायणगढ–मुग्लिन सडकमा पहिरो नियन्त्रणको काम हुँदै, पुस २२ गतेसम्म बाटो बन्द हुने

    • चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो नियन्त्रण कार्यको समयावधि थप भएको छ । दुई साता भित्रमा पहिरो नियन्त्रणको काम सक्ने गरी काम थालेको आयोजनाले काम नसकिएपछि समयावधि थप गरिएको नारायणगढ–मुग्लिन सडक खण्ड आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

पहिरो नियन्त्रणको समयावधि थप गरिएसंगै दुई साता थप सडक अवरुद्ध हुने भएको छ । आयोजनाले पहिरो नियन्त्रणको कामलाई तीव्रता दिन पुस २२ गतेसम्मका लागि राजमार्ग बन्द हुने जनाएको छ । गत मंसिर २७ गतेदेखि विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी पहिरो नियन्त्रणको काम हुँदै आइरहेको छ