नायिका रिमा विश्वकर्माको सोसियल नेटवर्क ह्याक भएपछी….

काठमाडौँ ।  आफ्नो सबै सोसियल नेटवर्क ह्याक भएपछी नायिका तथा मोडल  रिमा विश्वकर्मा तनावमा परेकी छिन् ।

‘क्रिसमस इभमा मोबाइल फोन हराएर  आफ्नो फेसबुक, इन्स्टाग्राम र जिमेल अकाउन्ट ह्याक भएको जानकारी गराउँदै  आफन्त एंव शुभ चिन्तकलाई सजग रहन आग्रह गरेकी छिन् ।

रिमाले हराईएको  ‘मोबाइल अन गरेर ह्याकरले फेसबुक, इन्स्टा र जिमेलको पासवर्ड परिवर्तन गरेको बताइन् ।   ।

उनले आफू  बनेर कुराकानी गर्ने व्यक्तिसँग सजग रहन र रिपोर्ट गर्न सबैमा  आग्रह गरेकी छिन् ।

कमेडी च्याम्पियनकी निर्माता तथा होस्ट समेत रहेकी नायिका रिमाले ह्याकर बिरुद्ध प्रहरीमा उजुरी गरिसकेको बताईन् ।