‘हाम्रो सम्बन्धविच्छेद भएको हैन, झुटो समाचार बनाउने विरुद्ध कारवाहीमा जान्छु’- गायक ढकाल

काठमाडौं । गायक रामकृष्ण ढकालले श्रीमतीसँग सम्बन्धविच्छेद गरेको कुरा अस्वीकार गरेका छन्। जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले ढकाल दम्पतीको सम्बन्धविच्छेद भएको बताएका छन्। तर ढकालले भने सम्बन्धविच्छेद नभएको बताएका हुन्।

‘ सम्बन्धविच्छेदको हल्ला मात्रै हो, जसले मेरोबारेमा झुटो समाचार बनाए, उनीहरुविरुद्ध कारबाहीमा जान्छु,’ ढकालले भने। गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलमले सम्बन्धविच्छेद गरेका छन् । जिल्ला अदालत काठमाडौंमा उनीहरूले सम्बन्ध विच्छेद गरेका हुन्।

ढकाल दम्पतीले सम्बन्धविच्छेदका लागि मंगलबार मात्र अदालतमा निवेदन दर्ता गराएका थिए। दुवै जनाको सहमतिमै बुधबार सम्बन्धविच्छेद गरेको अदालतका श्रेस्तेदारका आनन्द श्रेष्ठले बताए। ढकाल दम्पतीको एक सन्तान छोरी छिन् ।