मौसमः यस्तो छ आगामी तीन दिन सम्मको पूर्वानुमान (शुक्रबार, शनिवार, आइतवार)

काठमाडौं । हाल मध्य तथा पुर्वी तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ। पश्चिमी भू-भाग लगायत पहाडि भू-भागहरुमा आंशिक देखि सामान्य बदलि रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष ४  गते (शुक्रबार)

दिउँसोः देशको पश्चिमि र मध्य भू-भाग लगायत पूर्वी  पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही  बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडि/हिमालि भू-भागमा हल्का हिमपात र पश्चिमि पहाडि भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

रातीः देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडिरहिमालि भू-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

पौष ५  गते (शनिवार)

दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य वदली र मध्य तथा पूर्वी  भू-भागमा आंशिक वदली रहनेछ। पश्चिम भेगका उच्च पहाडिरहिमालि भू-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

रातीः देशको पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी  पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ।

पौष ६  गते (आइतवार)

दिउँसोः देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ।

रातीः देशको पूर्वी  पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ।