स्मार्ट स्टडीको बारेमा प्रदेश न.५ का सामाजिक बिकास मन्त्री र सचिब सङ छलफल

चितवन । स्मार्ट स्टडीको बारेमा प्रदेश न.५ का सामाजिक बिकास मन्त्री र सचिब सङ छलफल कार्यक्रम गरिएको छ ।

प्रदेश न. ५ का सामाजिक बिकास मन्त्री  सुदर्शन बराल , मन्त्रालयका सचिव, उपसचिव लगायत सम्पूर्ण सरोकार वालाहरु संगको उपस्थितिमा बुटवलमा सो कार्यक्रम भएको हो ।

सो अबसरमा एजुकेटर्स  फाउन्डेसन  नेपाल द्धारा संचालित स्मार्ट एजुकेसन स्टडीको को बारेमा सस्थाका कार्यक्रम संयोजक तथा रिसर्चर तारा प्रसाद अधिकारीले सम्पुर्ण शैक्षिक परियोजनाहरु बारे बिस्तृत जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा सस्थाका प्रमुख कार्यकरी निर्देशक दिपक गौतमले प्रदेश सरकार सङ सहकार्य गरि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि तत्पर रहेको बताउनु भयो ।