चितवनको विकट पहाडी गाउँ सैपामका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

चितवन । चितवनको विकट पहाडी गाउँ सैपामका विद्यार्थी हरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरिएको छ । कालिका नगरपालिकाको ११ नंं वडामा पर्ने सैपाम स्थित शुभशान्ति राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई मंगलबार न्यानो कपडा र स्टेशनरी वितरण गरिएको हो । एमएडव्लु फाउण्डेशन र खैरहनी ८ पर्सा स्थित कालिका मोटरसाईकल पार्टसले सैपाममा अध्ययनरत ७३ जना विद्यार्थीलाई सहयोग वितरण गरेको हो ।

वढ्दो जाडोका कारण यो ठाउँका विद्यार्थी न्यानो कपडाबाट वञ्चित थिए । सो विद्यालय र त्यहाँका विद्यार्थीको समस्या थाहा पाएपछि कालिका मोटरसाईकल पार्टस र एमएडव्लु फाउण्डेशनले विद्यार्थीका लागि एक थान स्वीटर,एक थान टाउजर तथा कापी,कलम वितरण गरेको हो । कालिका ११ का वडाध्यक्ष दामाराम प्रजाको प्रमुख आतिथ्यतामा तथा कालिका मोटरसाईकल पार्टसका प्रवन्ध निर्देशक उत्तम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सो सहयोग वितरण गरिएको थियो ।

सैपाम भौगोलिक हिसावमा विकट नभएपनि त्यहाँ अहिले सम्म विजुली पुग्न सकेको छैन् । पूर्वपश्चिम राजमार्ग अन्र्तगत खैरहनी नगरपालिका ९ सिमलटाँडीबाट करिव ९ किलोमिटरको दुरीमा सैपाम पर्दछ । सहयोग वितरणका लागि चितवन अटोमोवाईल्स डिलर्स एसोसियसनका अध्यक्ष इश्वर श्रेष्ठ,खैरहनी चेम्वर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ,समाजसेवी मुरली प्रसाद गजुरेल,कालिका मोटरसाईकल पार्टस टाँडी शाखा प्रमुख रामचन्द्र कोईराला,उत्प्रेरणा वचत तथा ऋण सहकारी संस्थाका सचिव नारायण महतो सहित पत्रकारको टोली सैमाप पुगेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर प्रजाले भौतिक संरचना अभावका कारण दुई वटा कक्षालाई एउटै कोठामा राखेर पठनपाठन गराउँदा समस्या परेको वताए । सोही अवसरमा चितवन अटो मोवाईल्स डिलर एसोसियसनका अध्यक्ष इश्वर श्रेष्ठ र कालिका मोटरसाईकल पार्टसका सेल्स म्यानेजर सुदिप लामिछानेले सैपाम विद्यालयको शैक्षिक गुणस्तर वृद्धीका लागि ५,५ हजार रुपैया विद्यालयका प्रधानाध्यापक नविन गुरुङलाई हस्तान्तरण गरेका थिए ।

,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

शान्तिवजार विद्यालयको अध्यक्षमा पुन सापकोटा
पुष २ गते । खैरहनी नगरपालिका १० शान्तिवजार स्थित राष्ट्रिय आधारभूत विद्यालयमा व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुन डिल्लीराम सापकोटा चयन भएका छन् । मंगलवार भएको भेलाले सापकोटाको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन गरेको विद्यालयका प्रधानाध्यापक लेखप्रसाद धरेलले वताए । समितिको पदेन सदस्यमा वडा सदस्य पदम चुहान,सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक लेखप्रसाद धरेल,शिक्षक प्रतिनिधीमा डिलमाया तिवारी,सदस्यहरुमा केशव रिमाल,लक्ष्मी थपलिया,सरिता पुडाशैनी,अशोक थापा र सन्जु महतो रहेका छन् । गोकर्ण सिटौलाको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ । सोही कार्यक्रममा विद्यालयबाट हालै निवृत्त भएका प्रधानाध्यापक बाबुराम श्रेष्ठ र शिक्षक यदुनाथ उप्रेतीलाई विदाइ गरिएको थियो । समाजसेवी राजेन्द्र प्रसाद वुर्लाकोटीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।