हंस सहकारीको वार्षिकोत्सवमा पत्रकार देवकोटा सम्मानित

चितवन । हंस बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो १० औं वर्षिकोत्सवको अवसरमा पत्रकार सम्मान गरेको छ । शुक्रबार नारायणगढमा आयोजित वार्षिकोत्सवको अवसरमा लोकतन्त्र सन्देश दैनिकमा कार्यरत सन्तोष देवकोटालाई नगद सहित सम्मानपत्रले सम्मान गरेको हो ।

हंस वहुउदेश्यीय सहकारी सस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद विजय सुवेदीले सम्मानपत्र र नगद सहित सम्मान गर्नु भएको हो । पत्रकार देवकोटालाई पत्रकारीताको माध्यमवाट सहकारीको प्रवद्र्धन र विकासमा पु¥याएको योगदानको मुल्याङ्कन गर्दै सम्मान गरिएको हो ।

सोहि अवसरमा सहकारीले विविध कार्यक्रमको आयोजना गरि आफ्नो दशौं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान, उत्कृष्ट सदस्य सम्मान एवं धुर्मुस सुन्तली फाउण्डेशनलाई गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ १० लाख रुपैया सहयोग हस्तान्तरण गरेको हो । कार्यक्रममा सहकारीका अध्यक्ष दिनेशकुमार चुकेले उक्त रकम वरावरको चेक धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा सहयोगी संस्थाहरु जुनियर प्रहरी अधिकृत शिक्षालय, प्राङगारीक कृषि उत्पादन सहकारी संस्थालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण भूर्तेल, गिता वाग्ले, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिश चन्द्र सुवेदी, जिल्ला सहकारी संघ चितवनका संचालक शंकर राजभण्डारी,चितवन उद्योग संघ का वरिष्ठ उपाध्यक्ष राजु पौडेल विशिष्ट अतिथि रहनुभएको थियो । संस्थाका सचिव लेखराज पन्त (हरि) ले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । वार्षिकोत्सव कार्यक्रम संचालक सदस्य तेजनारायण खरेलको संयोजकत्वमा सम्पन्न भएको थियो ।