१३ औँ सागः प्रतियोगिताको आज अन्तिम दिन समापन समारोह सहित ५ खेल हुँदै

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको अन्तिम दिन आज विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागको दशौँ दिन समापन समारोह सहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि सुरु हुनेछ ।

सागमा मंगलबार फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । सबै खेल काठमाडौंमा हुनेछ ।