कम्युनिस्ट कार्यकर्ता इमानदार नभए समृद्धि आउदैन: नेकपा नेता जे एन थपलिया

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश न.३ सचिवालय सदस्य तथा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलियाले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता इमानदार भएन भने मुलुकमा समृद्धि कुनै हालतमा आउन नसक्ने बताउनु भएकोछ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राप्ती नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्म सम्बोधन गर्नुहुदै थपलियाले उक्त कुरा बताउनु भएको हो। जनताले बिश्वास गरेर नेपालमा साच्चै गरिब किसान मजदुरको स्तर माथी उठ्नेछ र मुलुकले समृद्धि प्राप्त गर्नेछ भनेर तिनै तहको सरकारमा कम्युनिस्ट पार्टीलाई जिताएकोले इमानदार हुनु हाम्रो पहिलो कर्तब्य रहेको बताउनु भयो।
समाजवाद ल्याउने सपना कम्युनिस्ट पार्टी स्थापना गर्दै गर्दा पुस्पलालले त्यो बेला देखेको तर अहिले वास्तविक रुपमा समजवाद ल्याउने दायित्व हामीमा रहेको स्पस्ट पार्नु भएको थियो।

कम्युनिस्टकै नेतृत्वमा रहेको अहिलेको सरकारले बिकाश योजनाको कामहरु धमाधम देशब्यापी भइरहेकोले समृद्धिको रुपरेखा कोरिदै गएको बताउनु भयो।अबको ३ बर्ष भित्र मुलुकमा बिकास र सुशासनलाई आम जनताले देखिने गरि सरकारले प्रत्याभूत दिने कुरा पनि बताउनु भएको थियो।