प्रचलित :

चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ मा सिलाईकटाई तालिम सुरु गरिएको छ । त्यस्तैगरी सोही वडाका विद्यार्थीहरुलाई न्यानो कपडा र स्थानीय विपन्न बस्तीमा पनि आजै जाडोको कपडा सहयोग गरिएको छ । 

काठमाडौँमा रहेको सेवा अहिले नेपाल संस्थाले सो सहयोग गरेको हो । इच्छाकामना–७, सिमलढापमा रहेको रानीखोला आधारभूत विद्यालयका २ सय २० जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा ज्याकेट, ट्राउजर र टोपी सहयोग गरिएको थियो । त्यसैगरी सोही वडाको चण्डीथान गाउँमा आजबाट नै ६ महिने निशुल्क सिलाईकटाई तालिम पनि सुरु गरिएको छ । सो तालिममा स्थानीय २५ जना महिलाहरु सहभागी रहेका छन् ।

त्यस्तै सोही वडाको नयाँबस्तीमा ४३ विपन्न घरपरिवारलाई जाडोबाट बच्न ब्ल्याङ्केट सहयोग गरिएको छ । संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष बम बहादुर थापा मगर, वडा सदस्यहरु टेक बहादुर गुरुङ, फुलमति गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती गुरुङ, विद्यालयका प्राचार्य विष्णु बहादुर बस्नेत, संस्थाका कार्यक्रम संयोजक जगदिशचन्द्र पोख्रेल, संस्थाका जिल्ला को–अर्डिनेटर ईश्वर कुमार श्रेष्ठ, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !